वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक जनआन्दोलन–२ को सफलतासँगै बहाली भएको लोकतन्त्र फराकिलो राजमार्ग हुँदै देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताउनुभएको छ । लोकतन्त्र दिवस–२०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एक चरणको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन निष्कर्षमा पुगेको र अधिकारका लागि लड्नुपर्ने अवस्थाको…