चुरे संरक्षणमा अमूल्य योगदान दिनुस् : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रपति चुरे–तराई–मधेश संरक्षणमा विशेष योगदान दिन आग्रह गर्नुभएको छ । आज मन्न्त्रालयमा आयोजित राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई स्वागत गर्दै उहाँले पछिल्लो समय चुरे क्षेत्रमा विभिन्न काम तथा गतिविधिले दोहन भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पदाधिकारीले अग्रहसर रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्माननीय राष्ट्रपतिको नामबाट चुरे संरक्षणका…