प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा (१) बमोजिम लिम्बुलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार शपथ ग्रहण गराउनुभएको हो…