काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिनुभएको छ । सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा बधाइ ज्ञापन गर्नुभएको छ ।…