राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गर्नुुभएको छ । सिहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोराप्रति आफ्नोे असहमति जनाउनुभयो । पत्रमा उल्लिखित ‘सङ्घीय संसद् तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको…