प्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सरकारले नेपाली जनताको भावना र चाहना नबुझेको र यसबाट समस्या भएको बताउनुभयो । उनीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको र सरकारले समय तोके पनि…