सरकारको कदमलाई न्यायालयले सच्याउनुपर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद विघटनका विरुद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित विरोधसभामा उहाँले सरकारले चालेको कदमलाई सच्याउन संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र…