आफ्नै पार्टीभित्र आन्तरिक समस्या भएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपाभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा आज उहाँले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेख गर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने…