प्रधानमन्त्री केपी शर्मा ओलीबाट आह्वान गरिएको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठकमा सत्तापक्ष र मुख्य प्रतिपक्षी दलले गणतान्त्रिक परिवर्तनका पक्षमा समान मत व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी नेताहरुले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राजतन्त्रका नाममा देखिएका गतिविधि र मुलुकमा भएका…