चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन…