बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्याे

वासिङटन, ३० कात्तिक  –– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिनुहुने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसक्नु भएकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लाग्नु भएको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् । राजनीतिक रुपमा…