दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ । मनिलास्थित एशियाली विकास बैंक (एडिबी)को प्रधान कार्यालयमा आज भएको बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडिबीको…