गण्डकी सरकारः कार्यसम्पादन सम्झौता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुख सचिवको आज कार्यसम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङसँग कार्यसम्पादन सम्झौता भएको हो । सम्झौताका आधारमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँग सचिवको, प्रमुख सचिवसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको र सचिवसँग मातहतका पदाधिकारी र कार्यालय प्रमुखको सम्झौता हुनेछ ।…