काठमाडौं, २४ माघ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्नेबारे यसअघि समझदारी गरेका थिए । तर, आजको…