काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरू एमाले–काङ्ग्रेसबिच कुनै समस्या नरहेको बताउनुभएको छ । सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले दुई दलहरूबिच मजबुत समझदारी भएको दोहोर्याउँदै अन्य दलहरू सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने…