नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् । कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउदले महामन्त्री पदका…