कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो ।…