चौथो सामाजिक सुरक्षा दिवस ः १२३ योगदानकर्ताका आश्रित परिवारले पाउन थाले मासिक पेन्सन

नयाँ युगको सुरुआतका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ । विसं २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यान्वयनमा आएको छोटो समयमै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सामाजिक संरक्षण प्राप्त गर्न थालेका छन् ।…