एडिबीले सात अर्ब ऋण दिने

एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गर्नुभयो । नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै…