नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गर्नुभएको छ ।एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा…