काठमाडौँ । सामसुङ इलेक्ट्रोनिक्सले पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ । नयाँ ग्यालेक्सी जेड सिरिजको जेड फोल्डमा ठुलो स्क्रिन प्रयोग गर्न सकिनेछ भने ग्यालेक्सी जेड फ्लिपको फ्लेक्सविन्डो वा आइकोनिक फ्लेक्समोडको अधिकतम उपयोग गर्न सकिनेछ…