जुम्लामा रैथाने बाली संरक्षण : सात पकेट क्षेत्र निर्धारण

जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातवटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । “स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र…