पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । श्रीमान–श्रीमती मात्रै बस्दै आउनुभएका उहाँहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोज्नुभएको थियो । बिहान करिब…