पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । लेदो…