उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै…