कर्णाली प्रदेशका मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

कर्णाली, १६ असार । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाउनुभएको छ । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनुभएको हो । उहाँले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै उहाँहरूलाई फलफूल वितरण गर्नुभएको छ । मन्त्री बुढाक्षेत्रीले नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने…