महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास

सोलुखुम्बु, १४ असार । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले…