बेनी, १५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख…