पहिरोले एक घर पूर्ण क्षति, एक घर जोखिममा

गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ । तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकँुडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिनुभयो…