व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण

भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो । वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । दूध पकेट क्षेत्र बनाउने…