लगातारको वर्षाका कारण उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन् । सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको यो समयमा केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बाग्मती र ईश्वरपुर…