रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

किमाथाङ्का, २८ जेठ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको…