विपद्का सारथीले गरे सङ्क्रमितको उपचार

सर्लाही,२५ जेठ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना सङ्क्रमित भएर पनि अन्य सङ्क्रमितको उपचारमा दिनरात लागिरहेका छन् । गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने सङ्क्रमितको उपचारमा जुटेका छन्…