वातावरण दिवस ः शान्ति समाजद्वारा वृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण गरेको छ ।राजधानीको उत्तरपूर्वी भेग कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारस्थित खुर्सानीबारीमा रहेको असहाय गाईबाच्छा संरक्षण स्थल नजिकैको डाँडामा आज आयोजित कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपालसहित जनप्रतिनिधि र अधिकारकर्र्मीले काइँयो, ज्याकारान्डा, कपुर, पारिजात…