मुग्लिन, २२ जेठ । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिनुभयो ।…