भक्तपुर, २१ जेठ । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ । सरकारले साविक झौखेल गाविसको वडा नं ३ को…