मृत्यु भएका सङ्क्रमितका परिवारलाई किरिया खर्च २५ हजार उपलब्ध गराउने

त्रिशूली, २० जेठ । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर…