जिल्लाको चिशङ्खुगढी गाउँपालिका—८ मा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ । घाँस झार्ने क्रममा पयँुको रुखबाट लडेर २७ वर्षिय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो । घर नजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको…