महोत्तरी, १८ जेठ । कोभिड–१९ महाव्याधि र त्यसलाई छल्न जिल्लामा जारी निषेधाज्ञाबीच महोत्तरीको बर्दिवास क्षेत्रमा महाव्याधि प्रतिकार्यमा बढेको सहयोगले राहत दिएको छ । आपद्का बेला मन फुकाएर सहयोग गर्ने थपिदै गएपछि महाव्याधीसँगैको निषेधाज्ञामा सर्वसाधारणले राहत पाएका छन् । बर्दिवास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि बिभिन्न संस्था र व्यक्तिले स्वास्थ्य सामग्री प्रदान गर्नसँगै बिरामीको सघन उपचारका…