राष्ट्रियसभाध्यक्षसमक्ष डा देवकोटाबाट शपथ

काठमाडौँ, १४ जेठ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो । समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि…