सङ्खुवासभामा जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

सङ्खुवासभाको सिलिचोङ गाउँपलिका –५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उहाँका आफन्त डेबिन मेवाहाङले जानकारी दिनुभयो । गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ –५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड…