जाजरकोट, ११ जेठ । पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाउनुभएको छ । उहाँले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाउनुभएको हो । अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।…