कोरोना कहरका बीचमा युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गरिँदै

ओखलढुङ्गा, ९ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालले स्वर छ । युगकवि…