स्थानीय तहका जनप्रतिनिधिद्वारा सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री

दमौली, ९ जेठ । विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुग्नुभएको छ । बन्दीपुर–२ र ३ का ३५ घरमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे…