कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा गोदामको मौज्दात चामल सकियो

मार्तडी, ८ जेठ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताउनुभयो । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल…