कोरोना महामारीका बेला मनकारीको सहयोग

जलेश्वर, ८ जेठ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन । स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा सुरक्षामा खटिएका…