कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा हुनुहुन्छ । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाउनुभएका रामलालले सुखड, बौनिया, बलियालगायतका…