काठमाडौँ, २ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका अध्यक्ष कुमार पन्त र…