मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

म्याग्दी, ३१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत् केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिनुभयो “मिस्ट्रीखोलाबाट…