महामारीमा पनि गाउँगाउँमा बैठक बसाउँदै लघुवित्त

धनगढी, २५ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ की राधाकुमारी साउदलाई महिला समूहको बैठकमा जानुपर्ने भएपछि चिन्ता आजभोलि थपिन्छ । राधा चार लघुवित्त समूहमा हुनुहुन्छ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि कैलालीलगायत देशका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ तर राधाले समूहको बैठकमा जानै पर्छ नगए जरिवाना तिर्नुपर्ने सुनाउनुभयो ।…