रुपाकोट मझुवागढी नगरपालिका मुडेमा घरबास सञ्चालनको तयारी

खोटाङ, २३ वैशाख । स्थानीयस्तरमा रोजगारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनको दिगो विकास गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा घरबास सञ्चालनको पहल थालिएको छ । घुम्न तथा दृश्यावलोकन गर्न आउने पर्यटकलाई आफ्नो घर वा समुदायमा निजी वा सामूहिकरूपमा आवास, खाना र अन्य सेवा प्रदान गर्दै स्थानीय बासिन्दाको आर्थिक आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले मुडेमा घरबास…