काठमाडौँ, २३ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाउनुभएको छ । सभामुख सापकोटाले आज अपराह्न ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पु¥याएको योगदान स्मरणीय रहने जनाउनुभएको छ । प्रधानको आज वसुन्धरास्थित न्युरो…