दमौली, २१ वैशाख । तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाका पाँच वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले जानकारी दिनुभयो । उहाँका…