प्रहरीको सक्रियताले बालविवाह रोकियो

जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह…