म्याग्दीका प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला…